काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न निकायका भिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका उक्त विधेयकमाथिका विविध शीर्षकहरूमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने घोषणा सभामुख ओनसरी घर्तीले सदनको पहिलो बैठकमा गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले जवाफ दिएपछि विनियोजन शीर्षकमाथिको छलफल पूरा हुनेछ ।