काठमाडौँ – स्वतन्त्र मधेशको माग राखेर आन्दोलन गर्दै आएका सिके राउतले सरकारले आफूहरुको मुद्दाको संवेदनशीलता बुझेकाले सुरक्षित अवतरण भएको बताएका छन् । हिजो मात्र सर्वोच्च अदालतको आदेशमा जेलमुक्त भएका राउत र सरकारबीच ११ बुँदे सहमति भएको थियो ।


ADVERTISEMENT


राजधानीको राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमती घोषणा सभामा बोल्दै राउतले प्रधानमन्त्रीले पहल गर्दा सहमति सम्भव भएको बताए । उनले प्रहरीले दमन गर्दा पनि आफूहरु शान्तिपूर्ण आन्दोलनमा रहकाले त्यसको सुखद परिणाम स्वरुप सहमति भएको बताए ।


ADVERTISEMENT

# # #


‘आजको दिन ऐतिहासिक छ । हामीले विगत केही बर्षदेखि देशमा विकाराल समस्याका रुपमा जुन मुद्दा उठेको थियो जसमा राज्यपक्ष र हामी पनि चिन्तित थियौँ । जिम्मेवार नागरिकलाई चिन्तित बनाएको थियो त्यसले कस्तो भयाभह रुप लेला भनेर । तर, आज बढो सुरक्षित र शान्तिपूर्ण रुपमा अवतरण हुँदैछ । यो सवै जनताका लागि खुसीको कुरा हो’ सम्बोधनका क्रममा उनले भने, ‘यस्तो महत्वपूर्ण सहमतिका लागि प्रधानमन्त्री स्वयम्ले पहल गरेर, मुद्दाको बेदना बुझेर कदम चालेकोमा प्रधानमन्त्री धन्यवादको पत्र हुनुहुन्छ ।’

– सरकार र सिके राउतबीच ११ बुँदे सहमति

– प्रधानमन्त्री ओलीद्वारा सिके राउतको प्रशंसा : ‘निर्णय गर्ने क्षमतामा प्रचण्ड जत्तिकै असाधारण !’

हामी गौतम बुद्धका सन्तान भएकाले अहिंसा हाम्रो नशानशामा रहेको भन्दै उनले अब देश विकासतर्फ अग्रसर हुनुपर्ने बताए ।

‘हामी बुद्धका सन्तान हौ । अहिंशा हाम्रो रौँ–रौँमा बसेको छ । हामीले हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला होइन । जनताले चाहेपनि जे पनि हासिल गर्न सक्छ ।’ उनले भने,  ‘वार्तामार्फत राज्यले प्रतिबद्धता पनि जनाएको छ । सबै शक्ति जनताको हातमा निहित रहेको छ । जस्तो व्यवस्था ल्याउन छ, त्यसका लागि अभिमत प्रयोग गरुन् । समग्र देशको विकास हासिल गर्ने बेला आएको छ ।’

राज्य पक्षले जनतामा निहित रहेको सम्प्रभुतालाई स्वीकार गर्दै आफूलाई राजनीतिक स्पेश प्रदान गरेको उनले बताए ।