इलाम– हात्तीको आक्रमणबाट मृत्यु भएका इलामको चुलाचुली गाउँपालिका–२ का ३७ वर्षीय देवीलाल राईको परिवारलाई जिल्ला वन कार्यालय, इलामले रु ५० हजार राहत उपलब्ध गराएको छ ।


ADVERTISEMENT


जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठको नेतृत्वमा गएको टोलीले मृतक राईको घरमा पुगेर आइतबार किरिया खर्चबापत रु ५० हजार दिएको हो । चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राई र उपाध्यक्ष निर्मला दाहालले मृतक राईका काका धनबहादुर राईलाई उक्त राहत रकम हस्तान्तरण गरे ।


ADVERTISEMENT

# # #


गत बुधबार गाउँ छिरेको हात्तीको आक्रमणबाट राईको मृत्यु भएको थियो । मृतकको परिवारलाई राहतबापत थप रु १० लाख उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको जिल्ला वन अधिकृत श्रेष्ठले जानकारी दिए । रासस