काठमाडौँ– नेपाल प्रहरीका पूर्व महानिरिक्षक खड्गजीत बरालका नाति पुजन बराललले म्यादी प्रहरीमा काम गरेबापत पाएको रकम नेपाल प्रहरीको कल्याणकारी कोषलाई हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT


स्थानीय तह निर्वाचनको सिलसिलामा म्यादी प्रहरीको रुपमा कार्यरत पुजनले ९० दिनको तलब बापत प्राप्त ५० हजार रुपैयाँ प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबिच हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आफूले दुःखका साथ आर्जन गरेको तलब बापतको रकम नेपाल प्रहरी स्मारक गुठीलाई खुसी साथ हस्तान्तरण गरी बरालले विशाल हृदयको परिचय दिएको बताए । यस्तो सानो कदमले समाजका अन्य वर्गलाई समेत प्रहरीलाई सहयोग गर्न प्रेरित गर्ने उल्लेख गर्दै उनले म्यादी प्रहरीको रुपमा केही समय नेपाल प्रहरीमा आबद्ध रही स्मारक गुठीलाई रकम हस्तान्तरण गरेकोमा बराललाई धन्यवाद दिँदै उज्जवल भविष्यको शुभकामना समेत व्यक्त गरे।

उक्त अवसरमा बरालले म्यादी प्रहरीको रुपमा समाजसेवा गर्ने अवसर प्रदान गरेकोमा नेपाल प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै सो बापत पहिलो आम्दानीको रुपमा प्राप्त गरेको रकम नेपाल प्रहरी स्मारक गुठीलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए ।

सरकारले स्थानीय तहका लागि ७५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो । केही दिन अगाडि मात्र उनीहरुलाई सरकारले विदा गरेको थियो ।

पुजनको कार्यक्षेत्र भने काठमाडौंमा थियो । पुजनका बुवा आमा दुवै डाक्टर छन् ।