काठमाडौँ– शिक्षाको पहुँच वृद्धि गर्नसकेमा मुलुकमा देखिएका सबै खालका विभेद अन्त्य गर्न सकिनेमा जोड दिइएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले आज प्रा डा चैतन्य मिश्रले ‘सामाजिक एवं सांस्कृतिक समावेशीकरणका मुद्दा’ मा गरेको छलफलमा सबै नागरिकमा शिक्षाको सहज पहुँच पु¥याउन सकेमा समाजका जातीय र छुवाछूतजन्य विभेद अन्त्य हुने बताए ।


ADVERTISEMENT

# # #


“समाजका सबै खालका विभेद अन्त्य गर्न नागरिकको समृद्धि जरुरी छ, त्यसका लागि कम्तीमा विद्यालयको आधारभूत शिक्षा गुणस्तरीय हुनुपर्छ”, प्रा डा मिश्रले भने, “छुवाछूतजस्ता विभेदको जड अज्ञानता हो ।”

लोकतन्त्रले वर्गीय असमानतालाई तोड्नुपर्नेमा जोड दिँदै उनले कम्तीमा व्यक्ति जन्मेदेखि भोग्नुपर्ने विभेदलाई न्यूनीकरण गर्न भूमिका खेल्नुपर्ने जरुरी रहेको बताए ।समाजका विद्वान् वर्गले जागीरे मानसिकता मात्र नराखी नयाँ तरिकाले ज्ञान निर्माणमा ध्यान दिनुपर्ने आग्रह प्रा डा मिश्रको छ ।

समितिका सदस्य दुर्गाबहादुर राउत, गङ्गा चौधरी, हीरा गुरुङ, विमला नेपालीले समाजमा विद्वान् भनिएका केही व्यक्तिले आफ्नो बौधिकताबाट समाजका नराम्रा विकृति/विसङ्गतिलाई अन्त्य गर्नमा प्रभावकारी भूमिका नखेली अनावश्यक आलोचनामा समय बिताएको धारणा राखे ।

समितिका सभापति निरुदेवी पालले महिला तथा सामाजिक समितिले देशमा विद्यमान कुसंस्कार र कुरीतिलाई न्यूनीकरण गरी समतामूलक समृद्ध समाज निर्माण गर्ने उद्देश्यले समितिले निरन्तर सम्बन्धित क्षेत्रका विज्ञसँग सुझाव लिएर अगाडि बढ्ने बताए ।

समितिले यसअघि यसै विषयमा संस्कृतिविद् प्रा डा धनबहादुर कुँवरसँग छलफल गरेको थियो ।