काठमाडौं – नेपाली क्रिकेट टिमले केन्यामा हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने भएको छ । केन्या क्रिकेट संघले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता लिएर गर्न लागेको टी–२० क्रिकेट प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने भएको हो ।


ADVERTISEMENT


‘नेपालले केन्यामा हुने प्रतियोगिता खेल्नेछ । तर अहिलेसम्म आईसीसीबाट खेल्नका लागि नेपाललाई स्वीकृति भने दिइसकेको छैन’ नेपाली क्रिकेट टिमका टेक्निकल म्यानेजर रमन शिवाकोटीले भने ।


ADVERTISEMENT

# # #


नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले केन्यामा हुने प्रतियोगिता खेल्नका लागि आईसीसीलाई यसअघि नै पत्राचार गरेको र स्वीकृतिको पर्खाइमा रहेको बताए । नेपाल क्रिकेट संघ (क्यान) लामो समयदेखि निलम्बनमा हुँदा नेपालको क्रिकेट गतिविधि आईसीसीले नै हेर्दै आएको छ ।

यही मार्चमा हुने टी–२० क्रिकेट प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ । तर प्रतियोगितामा कुनकुन टिमले सहभागिता जनाउने र खेल तालिका भने अहिलेसम्म आइनसकेको शिवाकोटीले जानकारी दिए ।