काठमाडौं – सरकारले फेसबुक ट्वीटरलगायतका सामाजिक सञ्जाल पूर्ण रुपमा बन्द गर्ने भनी सामाजिक सञ्जालमा प्रेषण भएको सूचना गलत र भ्रामक भएको बताएको छ ।


ADVERTISEMENT


आइतबार विज्ञप्ति जारी गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कसैले भ्रम फैलाउने उद्देश्यले यस्ता सूचना सम्प्रेषण गरेको बताएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले गलत सूचना सम्प्रेषण गर्नेलाई कारबाहीको अघि बढाएको भन्दै यस्ता सूचनाको भ्रममा नपर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


केही दिनयता सरकारले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल बन्द गर्न लागेको भनी गलत सूचना सामाजिक सञ्जालहरुमा चर्चाको विषय बनेको छ ।

‘यस मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक सञ्जाल बन्द गर्नेसम्बन्धी सूचना प्रकाशित नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कारवाही गर्न गर्न प्रक्रिया शुरु भैसकेको तथा सामाजिक सञ्जाल सञ्चालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालवाट हटाउन अनुरोध गरिसकिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले उक्त सूचना सेयर गर्ने, रिपोष्ट, लाइक गरेको भए हटाउनसमेत आग्रह गरेको छ ।