काठमाडौं– ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगायत ७ जनाको निधन भएकोमा नेपाली काँग्रेसिले गहिरो दुःख व्यक्त गरेको छ ।


ADVERTISEMENT


काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक वक्तब्य जारी गर्दै विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका मन्त्री अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य नेता भएको स्मरण गरेका छन् ।


ADVERTISEMENT

# # #


देउवाले आकस्मिक घटनामा अधिकारीको निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उनको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

यस्तै यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको पनि देउवाले उल्लेख गरेका छन ।
यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको पनि काँग्रेसले जनाएको छ ।

देउवाले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार :
– पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

– प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को आकस्मिक बैठक

– हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन

– दुर्घटनाका मृतकको शव लिन गएका हेलिकोप्टर ल्याण्ड हुन सकेनन्