काठमाडौं– खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ ।


ADVERTISEMENT


दुवै एक वर्षका लागि स्वच्छता दूत नियुक्त भएका हुन् । खानेपानी मन्त्री विना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गरेकी छन् । महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको हो ।


ADVERTISEMENT

# # #


मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा कलाकार समावेश गरेको बताइन् । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउने विषयमा आयंका फाउन्डेसनले महत्वपूर्ण भूमिका खेल्नेमा मन्त्रालय आशावादी रहेको बताए ।

अभिनेत्री प्रियंकाले महिनावारी सम्बन्धी जनचेतना जगाउन ठाउँ ठाउँमा खटेर आफैं लागि पर्ने बताइन् । उनले पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट सुरु हुने जानकारी दिइन् ।

यो जोडीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेको छ । भेटमा आयंका फाउण्डेसनले फागुन १५ गते बुधबारबाट विभिन्न स्थानमा गर्ने कार्यक्रमको जानकारी गराएका थिए ।