काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएका ३ वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।


ADVERTISEMENT


आज शुक्रबारका दिन राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई आएका विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रमाणीकरण भएका विधेयकमा राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लगायत अन्य २ वटा रहेका छन् ।


ADVERTISEMENT

# # #


अन्य दुई विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन (२०७३) लाई संशोधन गर्न बनेको विधेयक, २०७५ तथा कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) मा स‌ंघीय संसदबाट पारित भई आएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने र त्यसपछि कानुनको रुपमा लागू हुने व्यवस्था छ ।