एजेन्सी – वेष्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङल्याण्ड ६ विकेटले विजयी भएको छ ।


ADVERTISEMENT


३ सय ६१ रनको लक्ष्य ४८(४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाउँदै इंग्ल्याण्ड विजयी भयो । इग्ङल्यान्डको जितमा जासन रोय र जोइ रुटले शतक बनाए । जासनले ८५ बलमा १५ चौका र तीन छक्का प्रहार गर्दै १ सय २३ रन बनाए । ९७ बलको सामना गरेका रुटले ९ चौकाको मद्दतमा १ सय २ रन बनाए । कप्तान मोर्गनले ६५ रनको योगदान दिँदा जोनी बेष्ट्रोले ३४ रन बनाए । बेन स्टोक र बुटलर क्रमशः २० र ४ रनमा अविजित रहे ।


ADVERTISEMENT

# # #


यसअघि पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६० रन बनाएको थियो । वेष्ट इन्डिजका लागि क्रिस गेलले १२ छक्का र ३ चौकाको मद्दतमा १ सय ३५ रनको पारी खेलेपनि टोलीलाई विजयी बनाउन सकेनन् । साइ होपले ६४ र ड्यारेन ब्राभोले ४० रन बनाएका थिए । बेन स्टोक्स र आदिल राशिदले ३–३ विकेट लिएका थिए ।

जितसँगै इंग्ल्यान्डले पाँच एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा १–० को अग्रता लिएको छ ।