काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जीवनमै पहिलो पटक दौरा सुरुवाल लगाएको भन्दै फोटो सार्वजनिक गरेका छन् । प्रधानमन्त्री हुँदा समेत टाई सुट र सर्टमा देखिएका भट्टराईले देश अनुसारको भेष भन्दै दौरा सुरुवालमा सजिएका हुन् ।


ADVERTISEMENT


”देश अनुसारको भेष” दौरा सुरुवाल लगाएको फोटो आफ्नो फेसबुक पेजमा राख्दै उनले भनेका छन् ”जीवनमा पहिलो पटक दौरा सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो ।”


ADVERTISEMENT

# # #


भट्टराईले नेतृत्व गरेको दश बर्षे जनयुद्धमा तत्कालिन माओबादी दौरा सुरुवालको कट्टर बिरोधीका रुपमा उत्रिएको थियो ।

बिश्वभर नेपाली पोशाकका रुपमा परिचित दौरा सुरुवाल वि. सं २०६८ सालसम्म नेपालको राष्ट्रिय पोसाकका रुपमा सम्मानित थियो । तर डा. भट्टराईले आँफू प्रधानमन्त्री भएका बेला दौरासुरुवाललाई राष्ट्रिय पोसाकबाट हटाएका थिए । तर, २०७२ मा उनीसमेत सहभागी संविधानसभाले दौरासुरुवाललाई राष्ट्रिय पोशाकको मान्यता दिँदै संविधान जारी गरेको थियो ।