काठमाडौं – नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले अष्ट्रेलियामा अलपत्र परेका नेपाली बिधार्थीहरुको तत्काल उद्धारका लागि सरकार समक्ष आग्रह गरेका छन् ।


ADVERTISEMENT


नेता महरले बिचल्लिमा परेका बिधार्थीहरुको तत्काल समस्या बुझेर उनीहरुलाई सहयोग र उद्धार गर्न सरकार, अष्ट्रेलिया स्थित नेपाली दूतावास, अष्ट्रेलियन सरकार लगायत सम्बन्धित सबैलाई आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उज्वल भविष्यको सपना बोकेर विदेश गएका बिधार्थीहरुको उचित शैक्षिक प्रबन्धको व्यवस्था गर्न समेत नेता महरको जोडदार माग छ । अष्ट्रेलियामा डिप्लोमा अफ नर्सिङ पढ्न आएका विद्यार्थीहरू कलेज र एजेन्टको गलत रबैयाका कारण बिचल्लिमा परेको खबर आएको छ ।