काठमाडौं– राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै आचार्यले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनताले सोचेजस्तो काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘राजनीतिक स्थायित्व भएको, कम्युनिष्ट एकता भएको र दुई तिहाईको सरकार भएकोले जनताले विकास र समृद्धि द्रुत गतिमा होला भनेर आशा गरेका थिए, तर त्यस्तो भएन्।’


ADVERTISEMENT

# # #


उनले अहिले विकास खर्च २२ प्रतिशत पनि हुन नसके भन्दै उनले मुलुकमा वाइडवडी, सुनकाण्ड जस्ता विभिन्न किसिमका काण्ड भइरहले जनताको सरकारप्रतिको आशा र भरोसा समाप्त हुने बताए । उनले दुई तिहाइको शक्ति हुँदाहुँदै पनि सरकार विकास र समृद्धि हाँसिल गर्ने काममा केन्द्रित हुन नसकेको गुनासो पोखे । यद्धपी उनले सरकारसँग अहिले नै आशा नै मारिहाल्नुपर्ने अवस्था भने नआएको स्पष्ट पारे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कारण सरकारले राम्रो काम गर्न नसकेको पनि उनले आरोप लगाए । उनले भने,‘प्रतिपक्ष त अहिले सडक र सदन कहीँपनि छैन् । ७ वटै प्रदेशमा कांग्रेस छैन् । त्यही भएर सरकार निरंकुश बन्न खोजिरहेको छ । पशुपति शर्माको गीत प्रकरण पनि त्यसैको कडी हो । सरकारमात्रै होईन, कांग्रेस पनि असफल भएको छ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली असफल भए प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने पनि तर्क गरे । उनले नेकपाको एकता प्रक्रिया पनि अहिले सुस्त रहेको भन्दै यसलाई नेकपाको नेतृत्वले गति दिएर टुँगो लगाउन खोजेको सुनाए ।