काठमाडौं – पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतको बहस संसदमा पनि प्रवेश गरेको छ । सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरे ।


ADVERTISEMENT


तर, नेकपाका सांसद झपट रावलले त्यसको काउन्टर गरे । ‘सुशील कोइरालाको सरकार हुँदा मलाई अमेरिका यही मलाई जापान पनि यही भन्ने गीत गाउने गायकले केपी ओलीको सरकार हुँदा लुट्न सके लुट कान्छा भन्ने गीत किन गाए ?’  रावलले भने, ‘त्यस्तो गीत गाउने गायकलाई कांग्रेस सांसदले २५ हजार पुरस्कार दिने घोषणाले यो गीत किन गाइयो भन्ने देखिन्न र !’


ADVERTISEMENT

# # #


उनले भने सांसद अमरेशकुमारको जवाफ दिँदै रावलले भने, ‘यही गीत माननीयज्यूले गाउनुभयो भने म २५ हजार होइन एक महिनाको पुरै तलब दिन्छु,’

यसअघि सांसद अमरेशले पशुपति शर्मालाई एक महिनाको पुरस्कार दिने घोषणा गरेको थिए ।