काठमाडौँ– धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सन्नी पटेलले विष्फोटक ब्यटिङ गरेपछि सीवाइसी अत्तरियाले विराटनगर किंग्सलाई १४९ रनको चुनौति दिएको छ । जारी प्रतियागतामा मैदानकमा कारण रन नबनिरहेका बेला अत्तरियाले एकै इनिङमा दुई अर्धशतक हानेको छ ।


ADVERTISEMENT


फाप्ला मैदानमा टस जितेर ब्याटिङ थालेको अत्तरियाले ओपनर जयकिशन कोल्सावाला र सन्नी पटेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४८ रन बनाएको छ । अत्तरियाका लागि प्रतियागिताकै उच्च स्कोर दिलाउने क्रममा सन्नी पटेलले अन्तिममा विष्फोटक ब्याटिङ गर्दा कोल्सावालाले अर्कोतर्फबाट साथ दिए । उनले ५० बलमा २ छक्का र ५ चौकाको मदतमा नटआउट ५१ रन बनाए ।


ADVERTISEMENT

# # #


यता सन्नी पटेलले नटआउट ६१ रनको शानदार पारी खेले । उनले ३१ बलमा ४ छक्का र पाँच चौका प्रहार गरे । सन्नीले अन्तिम १२ बलमा ३९ रन बनाउने क्रममा किशोर महतोको अन्तिम ओभरमा २४ रन प्रहार गरे । यस्तै अत्तरियाका लागि सन्दीप जोराले ३ र कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन बनाए । दीपेन्द्रले रन आउट हुनुअघि ८ बलमा एक चौका प्रहार गरे ।

यता विराटनगरका लागि शुसन भारी र संसाद शेखले समान १ १ विकेट लिए ।