काठमाडौँ– विवेकेशील सझा युवा संगठनले लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्याबबाट हटाउन दबाब दिइएकोबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


ADVERTISEMENT


आइतबार एक विज्ञप्ती निकाल्दै विवेकेशील सझाले गीत हटाउन लगाइनु नेपालको संविधानको मौलिक हक अन्तर्गत विचार र अभिव्यक्ति स्वतन्तत्रा र संचारको हकको प्रतिकुल तथा राष्ट्रिय कलाकारको अपमान भएको निष्कर्ष निकालेको हो । गायक शर्मालाई राष्ट्रपतिले अर्बको हेलिकोप्टर चढ्छिनु भनेर अपमान गर्न खोजिएको, देशमा यमराजको शासन भनेको, प्रतिपक्षी कांग्रेसको समर्थन गरेको भन्ने आरोप नेकपाका कार्यकर्ताले लगाएपछि दबाब थेग्न नसकेर हिजै युट्युबाट हटाएका थिए ।


ADVERTISEMENT

# # #


‘गीत प्रकाशन प्रशारणबाट हटाउन बाध्य पारिएको विषयमा संगठनको गम्भिर ध्यानाकर्षण भएको छ।’ विवेकशील साझा युवा संगठनका संयोजक अब्दुस मियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधानको धारा १७ को उपधारा २ (क) को बिचार र अभिव्यक्तिको हक, धारा १९ को उपधारा १ को संचारको हकको प्रतिकुल तथा राष्ट्रिय कलाकारको अपमान भएको विवेकशील साझा युवा संगठनको निश्कर्ष छ।’

देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र बेथितिमाथि कटाक्ष गरिएको गीत गाउने गायकलाई आक्रोसपूर्ण शैलीमा धाक-धम्की मिश्रित शब्दहरुको प्रयोग गरी सत्तारूढ कम्युनिस्ट पार्टी निकट देखिने युवा संघ नेपालले आफ्नो फेसबुक पेजमा सन्देश प्रेषित गर्नु अत्यन्तै निन्दनीय रहेको संगठनको ठहर छ ।

एकपछि अर्को अनियमितताका खबरहरु आउँदा पनि सरकारले त्यसका विरुद्ध स्पष्ट हस्तक्षेपकारी भूमिका नखेल्नु बिडम्बनापूर्ण रहेको संगठनले बताएको छ ।