काठमाडौं– महिला क्रिकेट प्रतियोगितामा अर्को फ्रेन्चाईज लिग थपिएको छ । एनसिएल स्पोर्टस प्रालिले शुक्रबार मोफसलको विराटनगरमा एनसिएल वुमन्स टि–२० क्रिकेट लिग आयोजना गर्ने घोषणा गरेको हो ।


ADVERTISEMENT


बिहिबार मात्र क्विन्स इभेन्ट म्यानेजमेन्टले पनि पहिलोपटक नेपालमा महिलाको फ्रेन्चाईज क्रिकेट लिग आयोजना गर्ने घोषणा गरेको थियो ।


ADVERTISEMENT

# # #


महिला क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निरन्तरता दिन र महिला प्रतियोगिता बढाउन फ्रेन्चाईज लिग सञ्चालन गर्न लागिएको शुक्रबार आयोजित घोषणा कार्यक्रममा आयोजक एनसिएल स्पोर्टस प्रालिका प्रबन्ध निर्देशक जयराज रोयले बताए । चैत १ गते देखि ९ गतेसम्म हुने लिगमा चार टोलीको सहभागिता रहने पनि रोयले जानकारी दिए ।