तेह्रथुम – कृषि विकास कार्यालय तेह्रथुमले जिल्लाका कृषकलाई यस वर्ष दुई लाख ४० हजार अलैँचीका बिरुवा अनुदानमा वितरण गरेको छ ।


ADVERTISEMENT


खेती विस्तार गरी आम्दानी बढाउन चाहने कृषकलाई कार्यालयले आवेदन माग गरी ५० प्रतिशत अनुदानमा सुन्तला, कागती, आँप, लिचीलगायत जातका फलफूलका बिरुवा वितरण गरेको हो । वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेका अनुसार मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको बिरुवा सबैभन्दा बढी बिरुवा वितरण गरेको हो ।


ADVERTISEMENT

# # #


यस्तै सुन्तला, कागती, आँप र लिचीका करिब १३ हजार बिरुवा अनुदानमा वितरण गरिएको छ । विगतमा इलामबाट बिरुवा ल्याएर किसानलाई वितरण गर्ने गरेको कार्यालयले यस वर्ष जिल्लाकै अलैँची कृषकलाई उत्पादन गर्न लगाएर बिरुवा उत्पादन गरेको हो । जिल्लाबाट यस वर्ष रु ५२ करोड बराबरको अलैँची निर्यात भएको कार्यालयले जनाएको छ ।