काठमाडौँ– निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले काठमाडौं–कलकत्ता उडानको दुईतफी भाडा सार्वजनिक गरेको छ । आगामी बैशाख २ गतेदेखि उडान गर्ने घोषणा गरेको बुद्ध एयरले हप्ताको तीन उडान भर्नेछ ।


ADVERTISEMENT


एयरलाइन्सकाअनुसार यो सेक्टरको दुईतर्फी भाडा २४ हजार कायम गरिएको छ। यसमा एकतर्फीमात्र टिकट काट्दा भने फरक पर्न आउने एयरलाइन्सले जानकारी दिएको छ।


ADVERTISEMENT

# # #


जेट विमानबाट अन्तर्राष्ट्रिय उडानमा प्रवेस गर्ने योजनाअनुसार बुद्धले पहिलोचरणबाट एटिआर ७२ जहाजबाट परीक्षण उडान शुरु गर्न लागेको हो। आन्तरिक बजारको अग्रणी एयरलाइन्सले हाल काठमाडौंबाट भारतकै बानारसी उडान गरिरहेको छ।