काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ ।


ADVERTISEMENT


डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार आज स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् ।


ADVERTISEMENT

# # #


आठ किलो तौल र ६ फिट लम्बाइ भएको त्यो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् ।

प्रहरी नायव निरीक्षक राजन खड्काले वन कार्यालयको निर्देशनमा अजिङ्गरलाई संरक्षणका लागि अर्जुनधारा–१, स्थित हलुवागढ सामुदायिक वनलाई हस्तान्तरण गरिने बताए। रासस