काठमाडौं । स्पेनी फुटबल प्रतियोगिता कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा रियल बेटिस र भ्यालेन्सियाले दुई–दुई गोलको बराबरी खेलेका छन् ।


ADVERTISEMENT


सेभियामा भएको खेलमा रियल बेटिसले दुई गोलको अग्रता खेर फाल्यो । निकै रोमाञ्चक बनेको खेलको ४५ औँ मिनेटमा लोरेन मोरोनले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि ५४ औं मिनेटमा जोक्विनले रियल बेटिसको अन्तर दुई–शून्यमा पुर्‍याए ।


ADVERTISEMENT

# # #


दुई गोलले पछि परेको भ्यालेन्सियाले अन्तिम २५ मिनेटभित्रमा उत्कृष्ट कमब्याक गर्दै दुई गोल फर्काउन सफल भयो । ७० औँ मिनेटमा चेरसेचले गोल गरे भने खेलको इन्जुरी समयको दोस्रो मिनेटमा जामेरियोले गोल गर्दै खेल दुई–दुईको बराबरीमा पुर्‍याए ।

त्यसपछि दुवै टिमले थप गोल गरेनन् र खेल बराबरीमा सकियो । अब हुने दोस्रो लेगले फाइनलमा पुग्ने टिमको टुंगो लाग्नेछ ।