काठमाडौं । सिन्धुलीकाे फिक्कल-२,चण्डीभञ्ज्याङमा बिहीबार बोलेरो रोकेर चालक झरे। केही सेकेन्डमै गाडी अचानक गुड्न थाल्यो।


ADVERTISEMENT


चालक पुनः बोलेरोमा पसेर स्टेरियङ समाउँदै रोक्ने प्रयास गरे। तर उनी सफल नभएको दुर्घटनाका घाइते जयप्रसाद न्यौपानेले सुनाए।


ADVERTISEMENT

# # #


बा. १५ च ९४२२ नम्बरको बोलेरो चालकसहित सडकबाट दुई सय मिटर तल पहरामा खस्यो।

दुर्घटनाामा पाँच जनाको मृत्यु भएको छ। नौ यात्रु घाइते भएका छन्। चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय (सिन्धुली)ले जनाएको छ।