पोखरा – नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापालाई उनकै पार्टीको भातृसंगठन नेविसंघले कालो झण्डा देखाएको छ । नेविसंघका कार्यकर्ताले सांसद थापालाई पोखरामा विरोधस्वरुप कालो झण्डा देखाएका हुन्  ।


ADVERTISEMENT


सरकार विरोधी आन्दोलनका क्रममा नेविसंघले पोखरा महानगरपालिकाको गाडी शनिबार जलाएको थियो । उक्त घटनाको गगनले निन्दा गरेका थिए । घटनापछि नेविसंघका ५ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा पनि छन् ।


ADVERTISEMENT

# # #


नेविसंघले गरेको कार्यप्रति समर्थन जनाउनुको साटो निन्दा गरेको विरोध स्वरुप उनीहरुले गगनविरुद्ध कालो झन्डा देखाएका हुन् । गगन कांग्रेसले सरकार विरुद्ध सोमबार आह्वान गरेको देशव्यापी प्रदर्शनका क्रममा पोखराको चिप्लेढुंगामा सभालाई सम्बोधन गर्दै थिए ।

उनले सम्बोधन गरिरहेकै बेला नेविसंघ कास्कीका एक अगुवा विकास थापाको समूहले कालो झन्डा देखाएको थियो ।