काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले लेखक साथै नेकपा क्रान्तिकारीका सल्लाहकार प्रमुख कृष्णदास श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।


ADVERTISEMENT


सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा पुगेर पूर्वप्रधानमन्त्री खनालले श्रेष्ठको स्वास्थ्यबारे जानकारी लिएका हुन् । श्रेष्ठ छातीमा इन्फेक्सन भएपछि गत शुक्रबारदेखि नर्भिक अस्पतालमा उपचार गराईरहेका छन् । उनको स्वास्थ्यमा सुधार भइरहेकाले छिटै डिस्चार्ज गराइने पारिवारिक श्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


मार्क्सवादसम्बन्धी पुस्तकहरु लेखेका श्रेष्ठ ८७ वर्ष पुगेका छन् ।