काठमाडौँ – भारत भ्रमणमा रहेको नेपाली यु–१९ क्रिकेट टोलीले अभ्यास खेलमा मंगलबार फ्रेन्ड्स स्पोर्ट्स एकेडेमीलाई १ सय २१ रनले पराजित गरेको छ ।


ADVERTISEMENT


प्रनित थापामगर र अनिलकुमार शाहले अर्धशतक प्रहार गरेपछि सुरुआतमा ब्याटिङ गरेको नेपालले ४० ओभरमा ७ विकेट गुमाउँदा २ सय ५० रन जोडेको थियो । वर्षाका कारण मंगलबारको खेल ४० ओभरमा खेलाइएको थियो ।


ADVERTISEMENT

# # #


गौतम बुद्ध युनिभर्सिटी एकेडेमी मैदान नोयडामा सर्वाधिक स्कोरकर्ता बनेका प्रनितले ७ चौका र ३ छक्का प्रहार गरे । अनिलले २ चौका र ३ छक्का प्रहार गरेका थिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४३ रन जोडेका थिए । रोहितकुमार पौडेल २३ रनमा अविजित रहे । फ्रेन्ड्स स्पोर्ट्सका सोनु गुज्जरले ३ र बोब्बी यादवले २ विकेट लिए ।

जबाफमा घरेलु टोली फ्रेन्ड्स स्पोर्टस् ३२ ओभरमा १ सय २९ रनमा अलआउट भयो । फ्रेन्ड्स स्पोर्टसका सोनुले ३७ रन र बोब्बीले २४ रनबाहेक अन्यले गतिलो स्कोर जोड्न सकेनन् । नेपालका साहब आलमले ३ विकेट, रोहित कुमार र सन्दीप लामिछानेले २÷२ विकेट लिए । नेपालले यु–१९ विश्वकपअन्तर्गत एसिया छनोटको तयारी गरिरहेको छ ।