धनगढी– कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।


ADVERTISEMENT


नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्तबहादुर थापाले छ हजार २५५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोकुल बाँस्तोलाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उपप्रमुखमा एमालेकी टीका थापा सात हजार ९०५ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका धनादेवी चौधरीले पाँच हजार ४९ मत प्राप्त गरिन् । सो नगरपालिकामा ३९ हजार २३५ मतदाता रहेकामा २८ हजार ३५४ मत खसेको थियो ।

यस्तै कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख र उपप्रमुखमा पनि एमाले विजयी भएको छ । प्रमुखमा ममताप्रसाद चौधरी आठ हजार १६४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण चौधरीले सात हजार २३७ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।

उपप्रमुखमा एमालेकै प्रेमकुमारी थापाले सात हजार २३४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा चलाउने खड्काले सात हजार ६४ मत प्राप्त गरिन् । सो नगरपालिकाको वडा नं १, ४, ५, ७, ९ र १० को वडाध्यक्षमा एमाले, वडा नं २ र ८ मा काँग्रेस, वडा नं ३, ६ र १२ मा माओवादी केन्द्र तथा वडा नं ११ मा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । कैलालीको १३ स्थानीय तहमध्ये १२ वटाको नतिजा आइसकेको छ भने धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ ।

वडाध्यक्षमा भाइले दाजुलाई पराजित गरे

धनगढी उपमहानगरपालिका– ३ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बलबहादुर ऐर एक हजार १३८ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी उहाँका दाजु राजबहादुर ऐर पराजित भएका छन् ।

काँग्रेस उम्मेदवार राजबहादुरले एक हजार ८४ मत प्राप्त गरे । विजयी बलबहादुरले दाजु पराजित हुँदा दुःख लागेको प्रतिक्रिया दिए । राजबहादुरले भने बागी उम्मेदवारका कारण आफू पराजित हुनुपरेको बताए ।