काठमाडौँ– नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूर्वउपप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।


ADVERTISEMENT


पूर्वप्रधानमन्त्री खनालले शुक्रबार दिउँसो ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिमालय पोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


स्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि नेता अधिकारीलाई अस्पताल भर्ना गरिएपनि केही सुधार भएपछि अस्पतालले डिस्चार्ज गरेको थियो । तर, समस्या देखिन थालेपछि उनलाई माघ २ गते पुन: अस्पताल लगिएको थियो।

अधिकारीको अहिले मेडिसिटीको सीसीयुमा राखेर उपचार भइरहेको छ ।

भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको डाक्टरले बताएका छन् । आजै नेकपाका युवराज ज्ञवाली, अमृत बोहराले पनि अधिकारीलाई भेटेका थिए ।