काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ ।


ADVERTISEMENT


अब राष्ट्रपतिले प्रमाणित गरेपछि विधेयक लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक माघ २० गते दिउँसो १ बजे बस्नेछ ।


ADVERTISEMENT

# # #


यही विधेयकका विरुद्ध डा गोविन्द केसीले १६ औँ अनसन थालेका छन् भने प्रमुख प्रतिपक्षी दल कांग्रेसले सडक र सदन दुबैमा आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ । प्रतिनिधिसभामा यो विधेयक गत माघ ११ गते पारित भएको थियो ।