रियो दि जनेरियो– ब्राजिलमा बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुगेको छ भने ३०५ जना अझै पत्ता रहेका छन् ।  बेपत्ता हुनेमा खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीका मजदुरहरु र स्थानीय बासिन्दा रहेका छन् ।


ADVERTISEMENT


भेलले बनाएको बाँध भत्किएपछि बेपत्ता भएकाहरुको उद्धार तथा खोजी कार्य पनि जारी रहेको अधिकारीहरुले बताएका छन् ।  जीवितै उद्धार गरिएकामध्ये केहीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको उनीहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


“हामी अरु पनि जिवितै भेटिन्छन् कि भनेर खोजी गरिरहेका छौँ,” उद्धार कार्यमा खटिएका एक सुरक्षाकर्मीले बताए । बेपत्ता भएकाहरु मध्ये अधिकांश जिवितै भेटिने संभावना कम रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।