काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यही माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहेकी उनको स्वास्थ्यमा सुधार आएको दाहालको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


चिवालयका अनुसार आइतबार दिउँसोदेखि उनलाई सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको छ । उपचारमा संलग्न चिकित्सक डा अशोक अधिकारीका अनुसार सामान्य कक्षमा २४ घण्टा निगरानीपश्चात् उनलाई घर फर्काउन सकिनेछ । रासस


ADVERTISEMENT

# # #