काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. बीचमा सवारी कर्जा लगानी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


यस सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्ग प्रा. लि. मार्फत सिफारिस भई अएका ग्राहकहरूले  टाटाका विभिन्न प्रकारका सवारी साधनहरु विकास बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


बैँकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।