काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधले स्थगित भएको प्रतिनिधि सभाको बंठक आज बस्दैछ । आज राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूचि रहेको छ ।


ADVERTISEMENT


सदले विधेयक अघि बढाउने तयारी गरे पनि कांग्रेस यसलाई अघि बढ्न नदिने रणनीतिमा छ । विगतका सहमतिबाट पछि हट्दै सरकारले बेइमानीपूर्वक विधेयक तयार पारेकाले त्यसमा संशोधन हुनुपर्ने माग कांग्रेसको छ ।


ADVERTISEMENT

# # #


विपक्षीले पेलेको भन्दै उसले त्यसको प्रतिक्रियास्वरुप संसदमा अवरोध गर्दै आइरहेको छ । गत मंगलबार र बुधबार विधेयक पेस गर्न सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए पनि कांग्रेसको अवरोधले रोकिएको थियो ।

सभामुख कृष्णबहादुर महराले बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शान्तिपूर्ण रुपमा विधेयक पारित गर्न छलफल भइरहेको बताएका थिए । यद्यपि, योबीचमा सत्तापक्ष र प्रतिपक्षबीच ठोस सहमति बन्न सकेको छैन ।