काठमाडौँ– युएईविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले ५० रन पूरा नगर्दै ४ विकेट गुमाएको हो ।


ADVERTISEMENT


नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ल ०, बिनोद भण्डारी ५ र कप्तान पारस खड्का २० रन बनाएर आउट भए । चौथो विकेका रुपमा नेपालका भरपर्दा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी ० रन बनाएर आउट भए । उनी फहाद नवाजबाट रन आउट भएका थिए ।


ADVERTISEMENT

# # #


नेपालको पारी अहिले आरिफ सेख र सोमपाल कामीले सम्हालिरहेका छन् ।