काठमाडौं । एजेन्डा र माग असान्दर्भिक भएका कारण डा. गोबिन्द केसीको १६ औं अनसन कमजोर भएपछि उनी समर्थकहरुले अन्तिम अस्त्रका रुपमा अस्पताल र बिमारीहरुलाई हतियार बनाउने तयारी गरेका छन् ।


ADVERTISEMENT


केसीका कार्यक्रम सञ्चालन गर्ने समूहहरुले पहिलो चरणमा टिचिङ अस्पताल र बीर अस्पताल बन्द गर्ने योजना बनाएको श्रोतले जानकारी दिएको छ । यस्तै दोश्रो चरणमा देशभरका अस्पतालहरु ठप्प बनाउने र डाक्टरहरुलाई समेत आन्दोलनमा उतार्ने तयारी बनिरहेको बुझिएको छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य शिक्षा सुधारको पवित्र उदेश्य भनिए पनि असहाय र बिमारीहरुलाई नै सोझो प्रहार हुने गरीको गतिबिधी अनसनरत पक्षबाट नै हुनुले डा. केसीको बढ्दो आलोचनामाथि थप आक्रोस थपिने र अनसन नै तुहिनसक्ने खतरा हुने बिज्ञहरु बताउँछन ।

सरकारलाई दवाव दिनका लागि अस्पताल र बिमारीहरुलाई पीडा दिँदै आन्दोलन सफल बनाउने रणनीतिले डा. केसीलाई नै असफल बनाउने खतरा हुने भन्दै उनी पक्षकै केही समर्थकहरु भने असन्तुष्ट बनिरहेको जानकारी प्राप्त भएको छ ।

संसदबाट पारित हुन लागेको राष्ट्रिय चिकित्सा शिक्षा बिधेयकमा अधिकाँस मागहरु पुरा भए पनि १६ औं अनसन बसेपछि डा. केसी प्रतिको प्रतिष्ठा र सम्मानमा एकाएक १८० डिग्रीको बदलाव आएको बिश्लेषण छ । आलोचकहरुले डा. केसीलाई अन्य तत्वहरुले उपभोग गरिरहेको बताउने गरेका छन् ।

एक सत्याग्रहीको बढ्दो आलोचना र घट्दो सम्मानसंगै पक्षधरहरुबाट डा. केसीकै कदमा ह्रास आउने गरीको गतिबिधी अघि बढाउनुले सत्याग्रहकै महिमा माथि प्रहार हुने बिश्लेषकहरु बताउँछन् ।