काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि रोकिएको प्रतिनिधिसभा स्थगित भएको छ । सूचना टाँसगरी बैठक बस्न नसक्ने जानकारी गराइएको हो ।


ADVERTISEMENT


संघीय संसदका महासचि मनोहरप्रसाद भट्टराईले सूचना निकाल्दै विशेष कारणवश संसद बैठक स्थिगित भएको जनाकारी गराएका छन् । अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


ADVERTISEMENT

# # #


कांग्रेसका पूर्वसभापतिद्वय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

आज संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य सूचिरहेको थियो । तर, कांग्रेसको अवरोधले स्थगित भएको हो ।