काठमाडौँ– युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध जनवरी २५ देखि सुरु हुने एकदिवसीय र टी-२० सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । आइतबार घोषणा गरिएको १६ सदस्यीय टोलिको कप्तानी पारस खड्काले गर्नेछन् ।


ADVERTISEMENT


आइसीसी प्रतिनिधी इमानुल एस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले छनोट गरेको टिममा चार जना नयाँ अनुहारले मौका पाएका छन् । यू-१९ र घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की र अभिनास बोहरा पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएका हुन् ।


ADVERTISEMENT

# # #


नयाँ अनुहार टिममा आइरहदा भरपर्दा ब्याट्समेन शरद भेषवाकरलाई भने नेपालले गुमाउने भएको छ । बन्द प्रशिक्षणमा सहभागी भएपनि स्वास्थ्य अवस्था ठिक नभएपनि अन्तिममा उनले आफ्नो नाम फिर्ता लिएका छन् । उनले यसअघि गत अगस्टमा नेदरल्याण्डमा भएको एकदिवसीय सिरिजको पहिलो खेलमा औँलामा चोट लागेका कारण अर्को खेल र एशियाकप छनोट पनि गुमाएका थिए ।

नेपाली टिम मंगलबार युएई प्रस्थान गर्नेछन् । शुक्रबार पहिलो एकदिवसीय खेल हुँदैछ ।

यस्तो नेपाली टिम

पारस खड्का(कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
अभिनाश बोहरा
वसन्त रेग्मी
विनोद भण्डारी
भिम शार्की
दिपेन्द्र ऐरी
करण केसी
ललित राजवंशी
आरिफ शेख
पवन सराफ
प्रदिप ऐरी
रोहितकुमार पौडेल
सन्दिप लामिछाने
सोमपाल कामी
सन्दिप जोरा