काठमाडौँ– नैनसिंह महर नेतृत्वले तोकिएको समयमा महाधिवेशन गराउन नसकेको भन्दै आलोचना भइरहेका बेला नेविसंघ महामन्त्री आनन्द त्रिपाठी भने रक्षात्मक देखिएका छन् । केही असन्तुष्ट पक्षहले राजीनामा बुझाए पनि समयमा नै नेविसंघको महाधिवेशन सम्पन्न हुने उनले दाबी गरे ।


ADVERTISEMENT


हिमालय पोष्टसंग कुरा गर्दै उनले कांग्रेस माहासमितिको बैठक र जिल्ला जिल्लामा भएको अधिवेशनले गर्दा केही समय धकेलिए पनि नेविसंघको १२ महाधिवेशन समयमै सम्पन्न गर्ने बताए । उनले भने, ‘पार्टीको महासमितिको बैठकले गर्दा केही समय अधिवेशन सर्यो । यस्तै संगठनको १७ वटा जिल्लामा उही समयमा अधिवेशन गर्नुपर्ने भएकाले हामी केही पछि परेकै हौँ । तर, अब हामी समयमा नै केन्द्रीय महाधिवेशन सक्छौँ ।’


ADVERTISEMENT

# # #


स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि यही कमिटीले नै कार्ययोजना थाल्ने र निर्वाचनमा भाग लिने बताए ।

उनले भने, ‘स्ववियु चुनाव आउन एक महिना पनि बाँकी छैन । त्यसका लागि धेरै कुराहरु अगाडि बढाउनु पर्ने बेला छ ।  स्ववियु निर्वाचन अहिलेको अवस्थामा सरकार र प्रतिपक्षको लोकप्रियता नाप्ने कडी पनि हो । यो बेलामा हामी सबैले नेविसंघको अध्यक्षलाई सहयोग गनुपर्छ ।’

नेविसंघ अध्यक्ष नैनसिंह महरसंग सबैलाई मिलाएर लैजानसक्ने खुबी रहेको भन्दै उनलाई असफल भन्न नमिल्ने बताए । १२औँ महाधिवेशनलाई सफल पार्न आफूहरु लागिपर्ने उनले उल्लेख गरे ।