काठमाडौं । क्रिष्टियानो रोनाल्डोले हेड मार्फत गरेको गोलको सहयोगमा युभेन्टसले कीर्तिमानी आठौँपटक सुपरकोप्पाको इटालिएनाको उपाधि जितेको छ ।


ADVERTISEMENT


साउदी अरेबियाको जेद्दामा भएको खेलमा रोनाल्डोले हेड मार्फत गरेको गोलको सहयोगमा युभेन्टसले एसी मिलानलाई १–० ले हराएको हो ।


ADVERTISEMENT

# # #


युभेन्टसले सातपटकको विजेता एसी मिलानलाई हराउँदै सुपरकोप्पा इटालिएना सबैभन्दा धेरै पटक जित्ने कीर्तिमान बनाएको हो ।

यो कीर्तिमानका लागि रोनाल्डोको गोल निर्णायक बन्यो । यहि सिजन रियल मड्रिडबाट इटालियन क्लब आएका रोनाल्डोले अहिलेसम्म युभेन्टसका लागि १६ गोल गरेका छन् ।