काठमाडौं । रामबहादुर बम्जनको आश्रमबाट अर्की एक आनी पनि बेपत्ता भएको प्रहरीमा उजुरी परेको छ।


ADVERTISEMENT


बागमती नगरपालिका–१२ काजीराम टोलकी सोमनी बोटले २९ वर्षीया छोरी रीता ९ वर्षदेखि बेपत्ता रहेकाले खोजतलास गरिदिन निवेदन दिएको सर्लाहीका प्रहरी उपरीक्षक एसपी पोषराज पोखरेलले बताए।


ADVERTISEMENT

# # #


रीता ०६३ सालमा बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न गएको परिवारले जनाएको छ।