काठमाडौँ– एक्काइसौँँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । भुकम्प आएका बेला कसरी सुरक्षित स्थानतर्फ जाने र कसरी विपद् व्यवस्थापन गर्ने भन्नेबारे पूर्वअध्यास गरेर भूकम्प दिवस मनाइएको छ ।


ADVERTISEMENT


जिल्ला विपद व्यवस्थापन समिति दार्चुलाको आयोजना तथा महाकाली नगरपालिकाको संयोजनमा २१सौँ भुकम्प सुरक्षा दिवस विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार भन्ने मूल नाराका साथ दार्चुला सदरमुकाम खलंगामा मनाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै भोजपुरको टुडीखेलमा भुकम्पबाट कसरी सुरक्षित हुने भन्ने बारेमा पूर्वाभ्यास गरिएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरि जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

यस्तै पोखरा काठमाडौँ लगायतका स्थानमा र्याली, प्रधातफेरिको आयोजना गरी भूकम्पले निम्त्याउने विनाश र त्यसको पूर्वाभ्यासबारे अन्तक्रिया, पूर्वाभ्यास लगायतका कार्यक्रम गरिएको छ ।