काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले उदयपुर जिल्लाको देउरीमा बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ स्थित देउरीमा बैँकले आफ्नो २३ औं शाखारहित बैंकिङ्ग सेवा सुभारम्भ गरेको हो ।
शनिबार एक समारोहका बीच उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले गरे । बैँकले उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई नियुक्त गरेको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैँकले जनाएको छ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास छ ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।