काठमाडौँ– नेपाल लिकर्स् कम्पनीले दरबारमार्गस्थित प्रहरी वृत्त कार्यालयलाई ४३ इन्चको टेलिभिजन सेट प्रदान गरेको छ । बिहीबार कम्पनीका अध्यक्ष राजेशवीर सिंह तुलाधरले प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) दान बहादुर मल्ललाई उक्त टेलिभिजन हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT


अध्यक्ष तुलाधरले समाजको लागि उत्तरदायित्व बहन गर्न र शान्ति सुरक्षाका लागि प्रहरी र जनताबीचको सम्बन्धलाई कायम गर्न आफूहरु सँधै तयार रहने बताए । यस्तै डीएसपी मल्लले यसका लागि धन्यवाद व्यक्त गरे ।


ADVERTISEMENT

# # #