काठमाडौँ– ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो डढेलो निभाउने क्रममा आगो निभाउन गएका शङ्कर र रमेश पहरी गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ललितपुरको गोदावरी नगरपालिका(६ आनन्द वनमा पनि डढेलो फैलिंदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।