डडेल्धरा– प्रधानमन्त्री शेर बहादुर देउवाले मतदान गरेको गाउँपालिका गन्यापधुरामा नेपाली काग्रेसले बिजयी भएको छ ।


ADVERTISEMENT


निर्वाचन अधिकृत टेकराज जोशीका अनुसार गाउँपालिकाको प्रमुखमा कांग्रेसका नवल सिह मल्ल बिजयी भएका छन् ।
उनले ३ हजार ३ सय ६९ मत प्राप्त गरेर गाउँपालिकाको अध्यामा विजयी भएका हुन्। मल्लका निकटतम प्रतिद्धन्दीले १ हजार ९ सय ४६ मत मात्रै प्राप्त गरेका छन ।


ADVERTISEMENT

# # #


त्यस्तै उप प्रमुखमा काग्रेसकै कमला देवी ठगुन्नाले बिजयी हासिल गरेकी छन्। उनले ३ हजार ४ सय ७ मत प्राप्त गरिन् भने ठगुन्नाकी निकटत्म प्रतिद्धन्दी एमालेकी कृष्णा देवी पनेरुले १ हजार ८ सय ७३ मत प्राप्त गरिन् । सो गाउँपालिकोको वडा नम्वर १, २ , ३ मा वडा अध्यक्षमा काग्रेस बिजयी भएको छ । वडा नम्वर ४ मा माओवादी बिजयी भएको छ ।

त्यस्तै वडा नम्वर ५ मा एमाले बिजयी भएको छ । सो गाउँपालिकामा कुल मत ८ हजार ८ सय १५ हुन । खसेको मत सख्या ६ हजार १ सय ८८ मात्रै हो । गन्याप धुरा गाउँपालिका सहित काग्रेसले तीन गाउँपालिकामा जित हासिल गरेको छ ।

अमर गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले बिजयी भएको छ । अजयमेरु गाउँपालिकामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ भने गणना भईरहेका मत सख्यालाई जोड्दा समेत माओवादी जित्ने देखिएको छ ।