काठमाडौं । आइतबार करिब ११ बजे। बा २ ज २०९२ नम्बरको सेतो ट्याक्सी जिल्ला प्रहरी कार्यालय स्याङजा प्रवेश गर्यो।


ADVERTISEMENT


ट्याक्सीबाट सुरुमा एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन्।


ADVERTISEMENT

# # #


दुवै जना प्रहरी प्रमुखको कार्यकक्ष खोज्दै कार्यालयभित्र पसे। ती महिला अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी थिइन् भने उनीभन्दा अघिअघि हिँड्ने उनकै श्रीमान् सुन्दरमणि अधिकारी।

गायिका माझी गुमनाम रहेको समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन्।

विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन्। एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए।

‘सुन्दरमणिलाई बिहीबार फोन गरेको थिएँ’ एसपी लम्सालले भने, ‘विष्णुजी आउनुहुन्छ कि तपाईँले ल्याउनुहुन्छ? यदि तपाईँले नल्याए हामीले ल्याउनु पर्ने हुन्छ भनेको थिएँ। सुन्दरमणिले शुक्रबार र शनिबार व्यस्त भएकाले आइतबार आउने वचन दिएका थिए, आए।’

कतिपय सञ्चार माध्यमले विष्णु गुमनाम रहेको र बाबुसँग पनि ११ वर्षदेखि भेट नभएको उल्लेख गरेका थिए। सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेकी विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेका थिए।

त्यहाँ आउनुअघि नै मिडियासँग कुरा नगर्ने बताएकाले मिडियालाई भने छलफलमा सहभागी गराइएको थिएन। छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए। एसपी लम्सालले भने, ‘विष्णुजी त्यति खुल्नु भएन। गाउँले भाषामा नै केही थोरै जवाफ मात्र दिनुभयो। सुन्दरमणिले भने अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताउनुभयो।’

विदेश यात्रामा किन नगएको भन्ने प्रश्नमा सुन्दरमणिले विष्णुलाई मात्र विदेश यात्राको अफर आउने र आफूलाई पनि लैजाऊ भन्दा नलग्ने भएकाले नगएको बताएका थिए। ुकतिपयले त विष्णुलाई मात्र अमेरिका लैजान्छु भने, मैले विष्णुसँग म पनि जान खोजेँ। लैजाने भए दुवै जनालाई लैजाऊ भने तर, मलाई कसैले लैजान खोजेनन्। उनी सामान्य लेखपढ गरेकी केटी हुन्। बोल्न जान्दिनन्। लेख्न, पढ्न पनि जान्दिनन्। बाहिर फेस गर्न नसक्ने भएकाले म सँगै जान खोजेको थिएँ। र, एक्लै पठाइनँ’ सुन्दरमणिको भनाइउद्धृत गर्दै एसपी लम्सालले भने।

विष्णुले भने आफू धेरै पढेलेखेको नहुनले बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको बताएकी थिइन्। विष्णु र सुन्दरमणि दुवैले मिडियालाई जवाफ दिन आवश्यक नभएको भनेका थिए।

छलफलका क्रममा बाबुआमा भने त्यत्ति बोलेनन्। दाइ बाबुरामले बहिनी विष्णुसँग बेलाबेलामा सम्पर्क हुने बताए भने बहिनी जीवन काठमाडौंमा सँगै बस्दै आएको सुन्दरमणिले बताएका थिए।

विष्णुले छलफलका बेला पनि मुखबाट माक्स नहटाइपछि एसपी लम्सालले माक्स र पछ्यौरा हटाउन लगाएका थिए। अनुहारमा कुनै चोट, खत नभएको पनि एसपी लम्सालले बताए।

राष्ट्रिय कलाकार देशका गहना भएकाले यत्रतत्र माग हुँदा गुमनाम हुनुको कारणबारे प्रहरीले प्रश्न गरेको थियो। सुन्दरमणिले ुआफ्नो इच्छाु हो भन्दै चर्को स्वरमा जवाफ दिए। छलफलमा गरिएका प्रत्येक प्रश्नको जवाफ सुन्दरमणिले नै दिन्थे।

एसपी लम्सालले छलफलमा गरिएका प्रश्नमा आउने जवाफ र उनीहरू आउँदा जाँदाको अवस्था हेर्दा विष्णु माझी स्वतन्त्र छन् भनेर भन्न नसकिने बताए। विष्णु र सुन्दरमणिले पत्रकारसँग बोल्न मानेनन्। कसैले केही सोध्ने वा फोटो खिच्न खोजे सुन्दरमणि अघिअघि र विष्णु पछिपछि दौडिन्थे।

११ वर्षपछि बाबु–छोरीको भेट

सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि बाबुसँग भेट भएको छ। बाबु ५८ वर्षीय ताराबहादुरले छोरी विष्णुसँग भेट नभएको११ वर्ष भएको यसअघि कान्तिपुरसँगको कुराकानीमा बताएका थिए ।

ताराबहादुरले सानै उमेरमा छोरी काठमाडौँ गएपछि घर नआउने र आफू पनि काठमाडौँ जान नसक्ने हुँदा भेट नभएको बताएका थिए। विष्णुका जुम्ल्याहा छोरा भइसकेका छन्।