काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा सम्बोधनका क्रममा अधिकांश झुटो तथ्यांक प्रस्तुत गरेका छन् भने कतिपय तथ्यलाई तोडमोड गरेका छन्।


ADVERTISEMENT


संवोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रीत रही तथ्यांकसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका छन्।


ADVERTISEMENT

# # #


खासगरी मूल्य वृद्धि, शोधान्तर स्थिति, विकास खर्च, पर्यटन आगमन, यातायात सिन्डिकेट हटेको प्रधानमन्त्रीको दाबी स्वयं सरकारी संयन्त्रको तथ्यांकसँग मेल खाँदैन।

१६ चैत ०७४ मा श्वेतपत्र ल्याउँदै गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले त्यतिबेलाका तथ्यांकका आधारमा अर्थतन्त्र टाट पल्न लागेको बताएका थिए।

श्वेतपत्रमा ७६ बुँदामा उल्लेखमध्ये अधिकांश आर्थिक सूचकांक त्यसबेलाभन्दा खराब भएका छन्। तर सरकारले भने अर्थतन्त्रमा गज्जब सुधार भएको दावी प्रस्तुत गरेको छ।