काठमाडौं । अफगानिस्तानको बडाख्शन प्रदेशको कोहिस्तान जिल्लामा सुनखानी भत्किँदा कम्तिमा पनि ३० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । गाउँलेहरुले सुन खोज्नका लागि नदी छेउमा ३० मिटर गहिरो खानी खनेकाे र त्यही साँघुरो खानी भत्किँदा उनीहरुले ज्यान गुमाउनुपरेकाे हो ।


ADVERTISEMENT


अफगानिस्तानमा धेरै खानीहरु रहेको बताइन्छ । तर खानीहरुलाई सुरक्षित रुपमा प्रयोगमा ल्याउन नसक्दा धेरैको ज्यान जाने गरेको छ । सुनखानी भत्किएर पुरिएपछि गाउँलेहरुले एक्स्क्याभेटरको प्रयोग गरेर उद्धार गरेको थिए । घटनामा अन्य सातजना घाइते भएको अधिकारीहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


खानी भत्किएपछि स्थानीय बासिन्दा त्यहाँ पुगेर १३ जना कामदारको उद्धार गरेका थिए । उद्धारकै क्रममा केही बच्चा र कामदारको ज्यान गएको छ ।