काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले दार्चुला जिल्लाको महाकाली नगरपालिका, वडा नं.७ धाप र महाकाली नगरपालिका वडा नं.९ दत्तुमा आफ्नो २१ औं र २२ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरिएको छ । यु. के. एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा बैँकले पुस १७ र १८ गतेबाट उक्त सेवा संचालनमा ल्याएको हो ।


ADVERTISEMENT


बैंकले महाकाली नगरपालिका, वडा नं.७ धापमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्नाले गरे । बैँकले उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा शेर सिंह रैखोलालाई नियुक्त गरेको छ । यस्तै बैंकले महाकाली नगरपालिका,वडा नं.९ दत्तुमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन महाकाली नगरपालिका, वडा नं.९ का वडा अध्यक्ष हर सिंह डाँगाूले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा कृष्ण सिंह चौैसिरलाई नियुक्त गरिएको छ ।


ADVERTISEMENT

# # #


शाखारहित बैंकिङ्ग सेवाबाट विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा समेत वित्तीय सवलीकरण भई बैंकिङ्ग कारोबारको विस्तार हुने विश्वास बैंकले लिएको जनाएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्ने जस्ता कार्यहरु गर्न सक्नेछन् ।

बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।