काठमाडौँ– नेपाली स्टार स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिगबास लिगमा एउटा रोमाञ्चक संयोग बनाएका छन् । मंगलबार मेलबर्न रेनेनेगट्सविरुद्ध भएको खेलमा कप्तान टोम कूपरलाई आउट गरेसंगै सन्दीपले चारवटै खेलमा विपक्षी टिमका कप्तानलाई आफ्नो शिकार बनाउन सफल भएका हुन् । ।


ADVERTISEMENT


व्यक्तिगत पहिलो तथा टिमका लागि पाँचौ विकेट दिलाउने क्रममा सन्दीपले टोम कपूरलाई १० रन बनाइरहेका बेला क्लिन बोल्ड गरेका हुन् । आजको खेलमा सन्दीपले चार ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए ।


ADVERTISEMENT

# # #


मेलबर्न स्टार्सबाट डेब्यू खेल गरेका सन्दीस्पले सिड्नी थन्डरका कप्तान शेन वाट्सनलाई दोस्रो बलमा आउट पारेका थिए । पहिलो खेलमा सन्दीपले चार ओभरमा ३६ रन खर्चिएर २ विकेट लिएका थिए ।

मेलबर्न स्टारको दोस्रो खेल होबार्ट हरिकनविरुद्ध थियो । उक्त खेलमा सन्दीपले विपक्षी कप्तान म्याथ्यु स्कट वेडको विकेट लिएका थिए । जसमा सन्दीपले मात्र २४ रन खर्चिएर ३ विकेट लिए ।

यस्तै बिहीबार सिड्नी सिक्सर्सका कप्तान मोजेज एन्‌रिक्सलाई एलबीडब्ल्यूको धरापमा पारेका थिए । सन्दीपले आफ्नो तेस्रो खेलमा ४ ओभरमात्र १८ रन खर्चिएर २ विकेट लिएका थिए ।